fbpx

भोजपुरको सतीघाटमा फेरी निर्माण हुदै

भोजपुर २२ असोज । षडानन्द नगरपालिकाको सतीघाटमा फेरी निर्माण सुरु भएको छ । नगरपालिकाको र एक करोड ३५ लाख तथा प्रदेश र केन्द्र सरकारको ६८ लाख गरी दुई करोड लागतमा फेरी निर्माण शुरु भएको हो । उत्तरी क्षेत्रबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने यो मुख्य सडक खण्ड हो ।
सडक निर्माण भए पनि नदी तर्ने कुनै माध्यम नहुँदा स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानीमा समस्या हुँदै आएको छ । सो स्थानमा सवारी साधन तार्नका लागि फेरी लगाउने कामको प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी खुशी भएका छन् । पुल बनाउन ठूलो खर्च तथा लामो समय लाग्ने भएको हुँदा तत्कालका लागि स्थानीयवासीलाई आवतजावतमा सहज बनाउने उद्देश्यले फेरी निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । फेरी निर्माण भएपछि सामान ढुवानी गर्न तथा सङ्खुवासभालगायत अन्य जिल्लासंँग सम्पर्क गर्न यातायातबाट सहज पहुँच हुने नगरपालिकाले जनाएको छ । नगरप्रमुख वीरबल राईले पुल नहुँदा सर्वसाधारणले वर्षौँदेखि कष्टकर जीवन बिताउँदै आएको वताए।
नगरपालिकालाई अन्य जिल्लासंँग जोड्ने यो सबैभन्दा छोटो मार्ग हो । मानिस तथा मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गरे पनि त्यसबाहेकका सम्पूर्ण सवारी साधन अरुणको किनारामा बस्न बाध्य छन् । सोका कारण सामान ढुवानी तथा अशक्त वृद्धवृद्धालाई ज्यादै समस्या हुने गरेको स्था स्थानीयवासी श्याम कार्कीले भने ।
फेरी निर्माणको काम समयमा सकिए नगरपालिकाको विकासमा टेवा पुग्ने स्थानीय नागरिकले बताएका छन् । सङ्खुवसभाबाट झोलुङ्गे पुलबाट सामान तार्न सामग्री हेरी क प्रतिकेजी रु ५ देखि १० सम्म तिर्नुपर्ने बाध्यता छ ।

Loading...