fbpx

यस्तो पहिरनबाट देखिन सकिन्छ दसैमा अरुभन्दा आकर्षक

हिन्दू धर्मावलम्बीहरुको महानचाड बडादशैँ नेपालीहरुले अहिले निकै हर्ष उल्लासका साथ मनाईरहेका छन् । दशैँ आफन्तसंगको मेलमिलापको पर्व तथा राम्रो लगाएर मिठो मैस्नो खाएर घुम्नको पर्व पनि हो । विशेष गरी दशैँको मुख्य दिन भनेको टिका हो । दशैंको दशौँ दिन अर्थात् टिकाको दिन सबैलाई राम्रो लुगा तथा राम्रो शृंगार गरेर राम्रो देखिन मन लाग्छ । तर, राम्रो कसरी देखिने त ? यस प्रश्नले सबैलाई निकै चिन्तित बनाएको हुन्छ । मेकअपको सामान्य ज्ञान राखेर यो पालीको दशैंमा आफ्नो लुगामा आकर्षक देख्न सकिन्छ ।

दशैंको दिन मेकअप गर्दा दिनभरि टिकाउ हुने गरी मेकअप गर्यो भने आकर्षक देखिन सकिन्छ । मेकअप गर्दा विवाहित महिलाले रातो तथा ब्राइट रंगको पहिरनमा हल्का सिम्पल मेकअप गर्ने गर्दा निकै आकर्षक देखिन्छ । अविवाहितले भने सिम्पल र नेचुरल मेकअप गर्दा धेरै राम्रो देखिन्छ । अहिलेको गर्मी मौसम, बातावरण प्रदुषणका कारण हेभी मेकअपले आफूलाई भद्दा देखाएर मात्र होइन हेर्नेलाई समेत गार्हो हुने गर्छ ।

गर्मीको मौसममा वाटरप्रुफ मेकअप गर्नु पर्छ । साथै दशैको समयमा विवाहित महिलाहरूले रातो एवम् ब्राइट कलरका पहिरन तथा लामो कपालमा मेसि बनले सेमी ब्राइडल लुक्स दिने मेकअप उपयुक्त हुने गर्छ । रातो टिकाले एस्सै राम्रो देखाई रहेको बेलामा अझ रातो लिपिस्टिकले अनुहार निकै राम्रो खुल्छ । दशैँमा दिनभर टिकाउ हुनपर्ने भएकोले म्याट लिपिस्टिक उपयुक्त हुन्छ ।अहिले निकै चलेको पहिरनमा कुर्ता, गाउन, लेहेंगा वा वानपिस छ भने मरुन कलर, गुलाबी तथा ब्राइट कलरको प्रयोग गर्न सकिन्छ ।

गर्मी तथा प्रदुषणले कपालली ड्यामेज गर्ने हुदा हेयर स्टाइलमा मेसी बन बनाएकै उपयुक्त हुन्छ । कपाल लामो छ भने कर्ल तथा छोटो छ भने स्ट्रेट गर्दा हुन्छ । मेकअपको साथ साथै लगाउने कपडा अनि हेयरलाई पनि ध्यानमा राखेर तयारी गरेमा दिनभरि सम्ममा पनि भद्दा देखिँदैन र आकर्षक देख्न सकिन्छ । बिराटनगर स्तिथ इन्टरनेसनल ट्रेनिंग सेन्टरकी बिउटिसियन सीता घिमिरेका अनुसार मेकअप गरेको अनुहारमा सुत्नु अगाडी राम्ररी मेकअप रिमुभ गरेर मुख धोएर सुत्ने बानी बसाल्नु पर्छ । यसो नगरेमा स्किन ड्यामेज हुनुका साथै स्किनमा अन्य समस्या समेत आउन सक्ने हुदा सतर्कता अपनाउनु पर्छ ।

Loading...