fbpx

दसै सभ्य र भव्य रुपले मनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले वडा दसैको अवसरमा शुभकामना दिँदै समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताएका छन ।
प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा अगाडी बढिरहेको स्मरण गर्दैसमृद्धिसँगै समाजलाई सभ्य, शान्ति, मानवता, मित्रतापूर्ण, सुसंस्कृत र शिक्षित समाजको बिकासको यात्रामा अगाडी बढन आग्रह गरेकाछन ।
“हामी समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रि«य आकांक्षा पूरा गर्ने अभियानका छौँ । यस अभियानमा यो दशैंले हामी सबैमा प्रेरणा पनि दिन सकोस् ।” प्रम ओली भन्छन ।
प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता,सामाजिक शान्तिलाई विशेष ध्यान दिन आग्रह गर्र्दे चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नुहुदैन भनेका छन । “ यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यो योगदान गर्दै जाओस् र जान सकोस् भन्ने कुरामा ध्यान दिन जरुरी छ ।”
प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैलाई आग्रह् गरेका छन । “हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त होऔँ । यसमा पनि ध्यान दिन जरुरी छ ” प्रधानमन्त्री ओली भन्छन । उनले नेपालीहरुको महान र परम्परागत चाड वडादशैंका उपलक्ष्यमा देशभित्र र देश बाहिरका सबै दाजुभाई दिदीबहिनीहरुमा हार्दिक एवं मंगलमय शुभकामना व्यक्त गरेका छन ।
प्रधानमन्त्री ओलीले दशैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनः मिलनको चाड भएकोले दशैं आफन्त, छिमेकीहरुका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर हार्दिकताका साथ मनाइनुपर्नेमा जोड दिएका छन । दसै चाड आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाडलाई भव्य र सभ्यरुले मनाउन आग्रह गरेका छन ।

Loading...