fbpx

इङ्ल्यान्डको नयाँ प्रशिक्षकमा क्रिस सिल्भरउड

 

लन्डन २० असोज । इङ्ल्यान्ड क्रिकेट टिमको मुख्य प्रशिक्षकमा ४४ वर्षीय क्रिस सिल्भरउड नियुक्त भएका छन् । गत महिना करार सकिन लाग्दा मुख्य प्रशिक्षक ट्रेभोर बेलिसले राजिनामा दिएका थिए ।
क्रिस विगत दुई वर्षदेखि बेलिसको नेतृत्वमा इङ्ल्यान्ड टिमको तिब्र गतिको बलिङसम्बन्धी प्रशिक्षकको भूमिकामा थिए । सिल्भरउडको नेतृत्वमा इङ्ल्यान्डले पहिलो प्रतियोगिता न्यूजिल्यान्डसँग हुनेछ । न्यूजिल्यान्डमा आगामी नोभेम्बरमा हुने यस शृंखलामा टी २० को पाँच खेल र दुई वटा टेस्ट छन् ।

इङ्ल्यान्ड क्रिकेट टिमका व्यवस्थापन निर्देशक आस्ले जाइल्सले इङ्ल्यान्डको टिमलाई अघि बढाउन बेलिसको नियुक्ति निकै महत्वपूर्ण रहेको बताए । उनले इङ्ल्यान्डको टेस्ट टिमका कप्तान जो रुट र एकदिवसीय एवं टी २० टिमका कप्तान इओन मोर्गनसँग बेलिसको सम्बन्ध अत्यन्त घनिष्ट रहेकाले पनि इङ्ल्यान्ड टिममा मनोबल उच्च बनेको प्रतिक्रिया दिए ।
नवनियुक्त प्रशिक्षक सिल्भरउडले नयाँ कार्यभार सम्हाल्न आफू उत्साहित रहेको बताए । इङ्ल्यान्ड टिममा प्रतिभाशाली खेलाडीहरु रहेका र त्यसलाई अझ समुन्नत बनाउन सकिने पनि उनले बताए । इङ्ल्यान्डले गत जुलाईमा पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेर इतिहास बनाएको थियो । तर अस्ट्रेलियासँगको पछिल्लो टेस्टमा २–२ को बराबरी खेल्न बाध्य भएको थियो ।

Loading...