fbpx

भिरबाट बोलेरो झरी बेपत्ता भएका ६ जना मध्ये एकजनाको शव फेला

संखुवासभा २० असोज । संखुवासभाको धर्मदेवी नगरपालिका ८ स्थित अक्कर भिरमा खाँदबारीबाट धरान आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा बेपत्ता भएका ६ जना मध्ये १ जना मृत अवस्थामा फेला परेका छन् ।

भिरमा सडकबाट बोलेरो खसेर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका थिए । गत भदौ ३१ गते राती पौने ११ बजेको समयमा बिरामी बोकेर उपचाराको लागी धरान ल्याउदै गर्दा भिरबाट खसेको बोलेरो अरूण नदीमा खस्दा डुबेर ६ जना बेपत्ता भएका थिए । सोमबार बिहान धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमार स्थित अरुण नदिको किनारमा स्थानीयले महिलाको शव फेला परेको भेटाएका थिए ।

प्रहरी चौकी चानुवा धनकुटाबाट प्रहरीको टोली खटि शवको हुलीया आफन्तलाई जानकारी गराउँदा पहिचान गरेका हुन् । मृतक महिला खाँदबारी नगरपालिका ९ ढुङगेधाराकी २३ वर्षीया सदिक्षा श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

Loading...