fbpx

तालिबानले अमेरिकी सेनामाथि आक्रमण नरोक्ने

अफगानस्तान २० असोज । ‘अमेरिकासँग शान्ति सम्झौता नभएसम्म अमेरिकी सेनामाथि हमला गर्न जारी राख्ने तालिबानले जनाएको छ । सरकारको रुपमा काबुल प्रशासनसँग वार्ता नगर्ने भन्दै त्यस्ता वार्तालाई यसअघि पनि अस्विकार गरिसकेका तालिबान लडाकू समूहका प्रवक्ता जबीउल्लाह मुजाहिदले बताए ।

गत महिना काबुलमा भएको एक बम विष्फोटमा एक अमेरिकी सैनिकको मृत्यु भएपछि संयुक्त राज्य अमेरिका र तालिबानबीच शान्ति वार्तामा हुने सकेको थिएन । तालिवान र पाकिस्तानबीच अफगान शान्ति सम्बन्धमा नयाँ वार्ता भइरहेको छ, यद्यपि अफगान सरकारले उनीहरूलाई समर्थन गरेको छैन । तालिबानले काबुलको प्रशासनलाई अमेरिकी कठपुतली ठाने र उनीहरूको विश्वासलाई अस्वीकार गर्ने बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपतिका पूर्व सल्लाहकार दाउद सुल्तानजोयका अनुसार शान्ति वार्तामा संलग्न देशहरूले बाँकी सहभागीहरूसँगको आत्मविश्वास बढाउन आवश्यक भएको बताए । अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा गत बिहीबार सहमति भएको थियो ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विष्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गरेका छन् । तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीलाई उनको मन्त्रालयमा भेट गरी शान्ति वार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको थियो ।

Loading...