fbpx

नेदरल्याण्डविरुद्ध नेपालको कठिन जित

काठमाडौं । नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । खेलमा ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले हार व्योहोर्याे ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य नेपालले निकै कठिन गरि भेट्यो । अन्तिम ओभरमा १७ रन चाहिएको बेला करणले केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ३१ रनमा अविजित रहे ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका जोडे । भण्डारीले २२ बलमा २६ रन बनाउँदै नेपालको स्कोर उकास्न मद्दत गरे । यसअघि बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३.३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।

नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । उसले पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

Loading...