fbpx

दशैंमा छिट्टो र मिठो मासु बनाउने तरिका

विराटनगर २० असोज । नेपालीका लागि दशैँ तथा अन्य चाडपर्वहरू मासु बिना अधुरो हुन्छ । प्राय घरमा खसी, कुखुरा, हाँस र राँगाको मासु खाने चलन छ ।

नेपालीहरूको भान्सामा मन पराइने परिकारमध्ये एक हो खसीको मासु । हुन त यो मासु बनाउने तरिका सबैको फरक फरक हुन्छ । तर, हतारको बेला छिट्टो र मिठो मासु बनाएर खाने हो भने यसको पनि पकाउने विधि अलि छुट्टै छ । आफ्नै घरमा सजिलै बनाउन सकिने खसीको मासु सबै उमेर समूहका मानिसलाइ मन पर्ने परिकार हो ।

चाहिने सामग्री आवश्यकता अनुसार खसीको मासु, ४ देखि ५ ओटा काटेको प्याज, लसुन र अदुवाको पेस्ट, गरम मसला, खुर्सानी पाउडर, जिरा पाउडर, धनिया पाउडर, मिट मसला, बेसार, नुन स्वादअनुसार, खुर्सानी, टमाटर (आफुलाई मनपरेको अवस्थामा ) मसिनो गरि काटिएको धनियाको पत्ता, तोरीको तेल, सूर्यमुखीको तेल ।

बनाउने विधि खसीको मासु काटेर राखेको एउटा भाडामामा अलिकति प्याज, लसुन अदुवाको पेस्ट, गरम मसला, नुन, खुर्सानी, धनियाँ तथा जिरा पाउडर, बेसार र तोरीको तेल राखेर मज्जाले मासुमा मसला छिर्ने गरि मोल्ने, मोलेर एकछिन मेरिनेट हुन छोड्ने (५ देखि १० मिनेट सम्म)
त्यसपछि, ग्यासमा एउटा कुकर बसालेर तेल तताउने, तातेको तेलमा खुर्सानी पड्काउने, र प्याज हालेर भुट्ने, प्याज हल्का रातो भएपछि मेरिनेट गर्न राखेको मासुलाई राखेर मज्जाले भुट्ने । ५ देखि १० मिनेट सम्म मज्जाले भुट्दा तेल र मासु छुट्टिए पछि आदि कप जति पानी हालेर पाक्नका लागि ६ देखि १० सिट्टी लगाउनु पर्छ । पाकिसके पछि काटिएको धनिया पत्ता छर्कीएर भात, चिउरा तथा अन्य खानेकुरा खान सकिन्छ ।

Loading...