fbpx

दशैंमा मासु खाने स्वस्थकर तरिका

विराटनगर २० असोज । दशैँको अवसरमा हरेक घरमा मासुका परिकारलाई धेरै प्राथामिकता दिइन्छ । मासुमा पनि बोका, खसी, राँगो, भैँसी, कुखुरा, हाँसको मासु खाने प्रचलन छ । अधिंकास नेपालीहरूको घरमा खसि, राँगा, कुखुरा तथा हाँस लगायतका पशुपंक्षी काटिने गर्छन् । आफ्नै घरमा नकाट्नेले पनि अन्यत्रबाट चाररपाँच दिनलाई पुग्ने मासु किनेर ल्याउने गरेका हुन्छन् ।

विहान, दिउसो तथा राती समेत मासुकै परिकार मात्र हुने गर्छ । मासुमा कति क्यालोरी पाइन्छ भन्ने मासुमा रहेको बासोको मात्रा, कुन अगंको मासु तथा जनावरको प्रकारमा भर पर्ने हुन्छ । मासुमा प्रशस्त मात्रामा पानी, खनिज, चिल्लो पदार्थ र भिटामीन तथा १६ देखि २२ प्रतिशत प्रोटिन हुन्छ । यसबाहेक अगंको मासु जस्तै फोक्सो, कलेजो, मिर्गौला, मुटु आदि पनि पौष्टिक दृष्टिकोणले महत्वपुर्ण हुन्छ । मासुबाट प्राप्त हुने पोषक तत्वहरूले सागसब्जीबाट प्राप्त हुनेभन्दा धेरै प्रतिशतमा शरीरलाई पोषण दिने गर्छ ।

माछामासुमा विविध पौष्टिक गुण भए तापनि दैनिक रुपमा समावेश गर्दा यसको गुण र परिमाणमा विशेष ध्यान दिनुपर्ने हुन्छ । चाडपर्वमा लामो समयसम्म माछामासुको उपयोग बढी परिमाणमा हुने हुदा पोषिलो तत्वहरु हुदाँहुदै पनि यसले स्वास्थ्यमा नकारात्मक असर पनि पार्न सक्छ । मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, मोटोपन भएका, मुटुसम्बन्धी समस्या भएका व्यक्तिलाई स्वास्थ्य स्थिति हेरेर मासु खानु पर्छ । खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको रमाइलो समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका विरामीको संख्या बढ्ने गर्छ ।

सेतो मासु भन्नाले काँचो अवस्थामा फिक्का रातो वा गुलाफी रगंको तथा काचो अवस्थामा रातो रगंको हुनेलाई रातो मासु भनिन्छ । रातो मासुभन्दा सेतो मासु खान उचित हुन्छ । हुन त दुबै प्रकारको मासु प्रोटिनको उत्तम स्रोत भए तापनि रातो मासुमा तुलानात्मक रुपमा अत्यधिक मात्रामा फ्याटी एसिड बढी हुन्छ । रातो मासुमा मासुलाई रातो बनाउँने मायोग्लोबिन तत्वबाहेक जिंक तथा फोस्फोरसजस्ता खनिज पदार्थ र रनायसिक, भिटामीन, राइबोफ्लाबिन जस्ता एनिटअक्सिडेन्ट तत्व धेरै पाइन्छ ।

डा.जया प्रधानको अनुसार रातोमासुको सेवनले मोटोपन, कोलेस्टेरोल, ट्राइग्लिसिराइड, मधुमेह भएका व्यक्ति त्यस्तै मुटुसम्बन्त्री समस्या भएका उच्च रक्तचाप, जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुलाई राम्रो मानिदैन्। सेतो मासुमा पाइने चिल्लोले पनि स्वास्थ्यलाई फाइदा भने गर्दैन । त्यसकारण कुनैपनि प्रकारको मासु खाँदा त्यसमा भएको देखिने चिल्लो पदार्थ अथवा बोसो निकालेर खानु नै बेस हुन्छ । ताजा, सफा र सुरक्षित किसिमको मासुको छनोट गर्नु का साथै मासु किन्ने ठाउँ र पकाउन समेत सतर्कता अपनाएर बनाउनु पर्छ ।

चाडपर्वका साथै अन्य समयमा समेत मासु किन्दा, पखाल्दा, काट्दा, पकाउदा तथा समेत धेरै हुदा राम्ररी थन्काएर राख्नका लागी विशेष सावधानी अपनाउनुपर्छ । जीवाणुको प्रक्रियाबाट मासु विषालु हुने हुदा त्यस्ता मासु खादा बान्ता आउँने, पेट दुख्ने, पखाला लाग्ने, फुड पोइजनिङ्ग जस्ता समस्याहरु तत्कालै देखिन्छ । पर्वहरुमा थन्काईएको मासुलाई खान तथा पकाउनु पर्ने काँचो मासुलाई ठीक तापक्रममा फ्रिजमा हावा नपस्ने गरी राख्नु पर्छ । पाकेको मासुलाई उचित रुपमा छोपेर सुरक्षित राख्ने गर्नु पर्छ ।

फ्रिजबाट निकालेको मासुलाई राम्रोसँग पकाएर मात्र खानुका साथै काँचो र पकाएको मासु सँगै खानु हुदैन् । मासुमा धेरै चिल्लो पदार्थ पाइने हुँदा पकाउनका लागि चाडपर्वमा बढी तेलको प्रयोग गरेको अर्थात तेलमा फ्राइ गरेको मासुको परिकार खानु हुँदैन । यस्तो स्थितिमा बोसोरहित, ताजा, सफा मासु छनोट गर्दागर्दै पनि पकाउँदा बढी तेलको प्रयोगले गर्दा स्वास्थयमा नकारात्मक असर पर्न सक्छ । मासुको प्रकार र मासुको टुक्रा हेरेर आवश्यक तापक्रममा पकाउनुपर्छ । उपयुक्त तापक्रममा नपकाएको मासुबाट विभिन्न रोगहरु समेत सर्न सक्छ ।

थोरै मात्रामा बोसो नभएको मासुले स्वास्थ्यलाई फाइदा पुर्‍याउछ । तर, मासु खाने तथा पकाउने बेलामा ध्यान दिइएन भने त्यसले स्वास्थ्यमा थप समस्या निम्त्याउन सक्छ । अझ रोग लागेको मानिसहरूले खानेकुरामा लापरवाही गरेमा रोग बल्झिने समस्या बढेर जान्छ ।

Loading...