fbpx

खोलामा डुबेर १ जनाको मृत्यु

संखुवासभा २० असोज। संखुवासभामा रहेको पिलुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । संखुवासभाको चैनपुर नगरपालिका १ की ५५ वर्षीया आशमाया लिम्बुको खोलामा डुबेर मृत्यु भएको हो। आइतबार प्रहरीले लिम्बुको शव खोलाबाट निकालेको हो ।

स्थानीय पिलुवा खोलामा डुबेर लिम्बुको मृत्यु भएको भन्ने खबर पाएरु गएको प्रहरी चौकी नुनढाकीको टोलीले लिम्बुलाई मृत अबस्थामा फेला पारेको थियो । शव परिक्षणको लागि जिल्ला अस्पताल चैनपुर पठाएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Loading...