fbpx

डिफेन्डिङ च्याम्पियन सिटी आफ्नै मैदानमा वुल्भससँग स्तब्ध

विराटनगर, २० असोज । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन टोली म्यानचेष्टर सिटीले हार ब्यहोरेको छ । आइतबार राति भएको खेलमा सिटी वुल्भससँग २-० गोलले स्तब्ध भएको हो ।

sdf

सिटीको मैदानमा वुल्भसलाई जिताउन अदामा ट्राओरेले २ गोल गरे । पहिलो हाफ गोलरहित बरारीमा बितेको उक्त खेलको ८०औं मिनेट र इन्जुरी समयमा गोल गर्दै अदामाले वुल्भसलाई जिताए ।

यस जितसँगै वुल्भस १० अंक बनाउँदै ११ औं स्थानमा उक्लिएको छ । यता, पराजित सिटी भने १६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

Loading...