fbpx

सिरी ‘ए’ : इन्टर मिलानलाई हराउँदै युभेन्टस शीर्ष स्थानमा

विराटनगर, २० असोज । इटालियन सिरी ‘ए’ मा साबिकको विजेता युभेन्टसले जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्टसले उपाधि दाबेदार टोली इन्टर मिलानविरुद्ध २-१ गोलको जित निकालेको हो ।

इन्टरको घरेलु मैदानमा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन पाउलो डेबाला र गोन्जालो हिगुइनले समान एक-एक गोल गरे । यता, इन्टरका लाउटारो मार्टिनेजले एक गोल फर्काए। युभेन्टसले खेलको चौथो मिनेटमा डेबालाको गोलमा अग्रता बनाएको थियो । तर, खेलको १८औं मिनेटमा मार्टिनेजले पेनाल्टीमार्फत् गोल गर्दै खेल बराबरीमा फर्काए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको उक्त खेलमा हिगुइनलेले गोल गर्दै युभेन्टसको जित सुनिश्चित गरे । उनले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ गोलको जित दिलाए ।

यस जितसँगै युभेन्टसले शीर्ष स्थान बनाएको छ । उसले ७ खेलबाट १९ अंक बनाएको छ । यता, पराजित इन्टर भने १८ अंकका साथ दोस्रो स्थानमा छ ।

Loading...