fbpx

ला लिगा : प्रभावशाली जित निकाल्दै ९ खेलाडीमा सीमित बार्सिलोना दोस्रो स्थानमा उक्लियो

विराटनगर, २० असोज । स्पेनिस ला लिगामा साबिकको विजेता बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लाविरुद्ध ४-० गोल अन्तरको प्रभावशाली जित निकालेको हो ।

opgh

आफ्नै मैदान क्याप नोउमा भएको उक्त खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमान डेम्बेले र लियोनल मेस्सीले समान एकएक गोल गरे । बार्सिलोनाले खेलको २७औं मिनेटमा स्वारेजको गोलमा अग्रता बनाएको थियो । यस्तै खेलको ३२औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । यसैगरी खेलको ३५औं मिनेटमा डेम्बेलेले गोल गरेपछि पहिलो हाफभरि बार्सिलोनाले ३-० गोलको अग्रता बनायो ।

यसैगरी खेलको ७८औं मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि बार्सिलोनाले ४-० गोलको अग्रता बनाएको थियो । तर, खेलको ८७औं मिनेटमा बार्सिलोना १० खेलाडीमा सीमित बन्यो । उसका लागि रोनाल्ड अरौजोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । यस्तै खेलको ८८औं मिनेटमा ओसम्मान डेम्बेलेले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि ऊ ९ खेलाडीमा सीमित बन्यो ।

यस जितसगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा फर्किएको छ । उसले ८ खेलबाट १६ अंक बनाएको छ । अंक तालिको शीर्ष स्थानमा भने रियल मड्रिड छ । समान खेलबाट रियलले १८ अंक बनाएको छ ।

Loading...