fbpx

हङकङले दियो १२६ रनको लक्ष्य

काठमाडौं १९ असोज । पाँच देशको टी २० श्रृंखलाअन्तरगत हङकङसँगको पहिलो खेलमा नेपालले १ सय २६ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १ सय २५ रनमा समेटेको हो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो । ४१ रनमा तीन विकेट गुमाएको अवस्थाबाट किञ्चित शाह र वकास वर्कतले हङकङको इनिङ सम्हालेका थिए ।

अन्तिम ओभरमा पनि एक विकेट लिँदै करणले आफ्नो विकेट संख्या ४ पुर्‍याए । टी २० सिरिजमा उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । नेपालका लागि अर्को एक विकेट अविनाश बोहराले लिएका छन् । हङकङका दुई ब्याट्सम्यान रनआउट भए ।

Loading...