fbpx

सभामुख निवास बालुवाटारबाट महरा पक्राउ

काठमाडौं १९ असोज । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको छ । पक्राउ परेका महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ ।

बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास बालुवाटार गएको थियो ।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार (आजै) पक्राउ पूर्जि जारी गरेको थियो । उनलाई संसद् सचिवालयकै एक महिला कर्मचारी रोशनी शाहीले बलात्कारको प्रयास गरेको आरोपमा उजुरी दिएकी थिइन् ।

Loading...