fbpx

कारबाहीमा करिब ९० तालिबान मारिए

अफगानस्तान १९ असोज । अफगानिस्तानको तहार प्रान्तमा तालिबान लडाकूविरुद्ध गत शनिबार २४ घण्टा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ८९ तालिबान लडाकू मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

तालिवानको बिरूद्ध अफगानिस्तानमा चलिरहेको सुरक्षा कारबाहीमा धेरै इलाकाहरुबाट तालिबान पछि हट्न बाध्य भएका छन् । विगत २४ घण्टामा तहार प्रान्त मात्र ८९ तालिबानी मारिए र ६७ जना घाइते भएका मन्त्रालयका प्रवक्ता रोहउल्लाह अहमदजाई पत्रकार सम्मेलनमा बताएका हुन् ।

अफगानिस्तान लामो समयदेखि अस्थिर सुरक्षा अवस्थाबाट पीडित रहेको छ । तालिबान लडाकू समूह अफगान सरकारसँग युद्ध गरिरहेका छन् ।

Loading...