fbpx

एक अर्कालाई बचाउने हुँदा ६ हात्ती मरे

विराटनगर १९ असोज । थाईल्याण्डमा एक अर्कालाई बचाउन खोज्दा ६ हात्ती मरेका छन् । थाइल्याण्डको खाओ नेशनल पार्कमा झुण्डमा रहेको छावा पहाडमा माथिबाट झरेर झरनामा फसेपछि त्यसलाई बचाउने क्रममा अन्य पाँच हात्ती समेत खसेर मरेका हुन् ।

दुई ठुला ढंगाकाबीचमा फसेर ती हात्तीको मृत्यु भएको हो । त्यहाँ फसेका अरु दुई हात्तीलाई भने पार्क प्रशासनले डोरीको सहयतामा निकालेको छ । स्थानीय भाषामा त्यस झरनालाई नरक झरना भन्ने गरेका छन् । सन् १९९२ मा पनि सोही झरनामा हात्तीको एक झुण्डका ८ सबै हात्ती मरेका थिए ।

शनिबार दिउँसो सो छावा मरेको र अन्य हात्तीले पनि नजिकैको बाटो समेत रोकेको खबर आएको पार्क प्रशासनले जनाएको छ । राती भने झरनामा ६ वटै हात्तीको शव फेला परेको प्रशासनले जनाएको छ । थाइल्याण्डमा करिब ७ हजार एसियाली हात्ती रहेका छन् ।

Loading...