fbpx

प्रधानमन्त्री ओलीको टीकाले शुभेच्छुक र कार्यकर्तालाई टिका लगाइदिने

काठमाडौं १९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विजया दशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिने गरी कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले बडा दशैँका अवसरमा टीकाको दिन असोज २१ गते दिउँसो २ देखि ४ सम्म मन्त्री, सांसद्, विशिष्ट व्यक्ति, पार्टीका अन्य नेतालाई प्रधानमन्त्री ओलीले टीका लगाउने कार्यक्रम रहेको बताए । यस्तै दिउँसो ४ देखि साँझ ७ बजेसम्म पार्टीका समर्थक, कार्यकर्ता, शुभचिन्तक एवं इच्छुकलाई टीका लगाउने कार्यक्रम छ । अन्य दिनका लागि कार्यक्रम तय गरिएको छैन ।

प्रधानमन्त्रीले टीकाको साइतमा आफ्ना पिताबाट टीका र आशीर्वाद लिने छन् । दशैँको नवमीका दिन प्रधानमन्त्री ओली गृह जिल्ला झापामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने छ ।

Loading...