fbpx

बलेरो खस्दा चालकको मृत्यु, ९ जना घाइते

सोलुखुम्बु १९ असोज । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका ११ वरडाँडामा  बलेरो खस्दा चालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन ।

भित्रि सडकमा शनिबार राती सवा ११ बजेको समयमा सोलु सल्लेरीबाट नेचा तर्फ जाँदै गरेको बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रीत भई बाटोबाट तल खस्दा काठमाण्डौंबाट नेचा सल्यान आउदै गरेको ना १ ज ५३४२ नम्बरको सुमो माथि बलेरो खप्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर बलेरो चालक सोलुको नेचा सल्यान गाउँपालिका २ का २१ को लेखबहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । नेचा सल्यान गाउँपालिकाका २६ वर्षीय पासाङकाजी शेर्पा, २७ वर्षीय मोहन बस्नेत, उनकी श्रीमती रीया बस्नेत, छोरा ७ वर्षीय रियाज बस्नेत, २४ वर्षीया रुषा बस्नेत, २५ की रमना राई, २६ वर्षीया गिता बस्नेत, उनका छोरा आयुस बस्नेत र रामेछापको रामेछाप नगरपालिका ६ का २४ वर्षीय गजेन्द्र लामा घाईते भएका छन ।

सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको छ । बलेरो चालकका मृतक लेख बहादुर खड्काको कानूनी प्रकृया पुरा गरी शव लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल फाप्लुमा लगिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Loading...