fbpx

पेनट्राङ्गुलर टी २०श्रृङ्खलामा नेपाल आज हङकङसँग खेल्दै

विराटनगर १८ असोज । ओमानसहित पाँच देश सहभागी टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज (आइतबार) हङकङसँग खेल्दैछ । ओमानको अमरेट मैदानमा हुने खेलमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि नेपाल र हङकङ भिड्ने छन् ।

त्यस्तै अर्को खेलमा ओमान र आयरल्याण्डबीच प्रतिश्पर्धा हुने छ । सिरिजमा ओमान, नेदरल्याण्ड र आयरल्याण्ड पनि सहभागी छन् ।

पेनट्राङ्गुलर टी २० श्रृखलामा आयोजक ओमानसँगै आयरल्याण्डले भने सुखद सुरुवात गरेका छन् । शनिबार भएको पहिलो खेलमा ओमानले हङकङलाई ७ विकेटले हरायो । अर्को खेलमा आयरल्याण्डले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको छ ।

Loading...