fbpx

अपराजित यात्रामा लिभरपुल, लेस्टरलाई २-१ ले हरायो

विराटनगर १९ । इंग्लिस प्रिमियर लिगको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २ – १ ले हराउँदै जारी लिगमा शतप्रतिशत जित निकालेको छ । आठौँ जितको रुपमा लिभरपुलले यो सिजनको लागि अपराजित यात्रा कामय राख्न सक्यो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको लागि साडीयो माने र जेम्स मिल्नरले एक एक गोल गरे । खेलको ४० औं मिनेटमा जेम्स मिल्नेरको पासमा मानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । लिभरपुलले लेस्टरको पोस्टमा आधा दर्जन प्रहार गरेको थियो । तर उसका तीन ओटा प्रहार पोष्ट नजिकैबाट बाहिरिए भने तीन ओटा प्रहारलाई गोलकिपरले रोके ।

खेलको ८० औं मिनेटमा जेम्स माडिसनले लेस्टरका लागि गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । तर अन्तिममा जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई शतप्रतिशत नतिजा दिलाउन सफल भए । जितपछि लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको दुरी आठ अंकमा पुर्याएको छ । लेस्टरको भने दोस्रो स्थानमा उक्लने मौका गुमेको छ ।

शनिबार नै भएको अर्को खेलमा एस्टोन भिल्लाले नर्विच सिटीलाई ५-१ ले हरायो । त्यस्तै एभर्टन बर्नलेसँग १ -० ले पराजित भयो ।

Loading...