fbpx

कपाल र छालाको समस्या समाधानमा ख्याति कमाउदै विराटनगरको भेनस क्लिनिक

विराटनगर १८ असोज । छाला,  कपाल तथा नंग सम्बन्धि उपचार  गर्न पूर्वी नेपालका सर्वसाधरणले काठमाडौं तथा भारत धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । प्रदेश १ को राजधानी विराटनगरमा नै छाला तथा कपाल प्रत्यारोपण क्लिनिक खुलेपछि बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

 

नयाँ प्रविधिसहित कोशी अञ्चल अस्पताल नजिकै भेनस छाला तथा कपाल प्रत्यारोपण क्लिनिक गत वैशाखबाट सञ्चालनमा आएको हो। पूर्व क्षेत्रमा पहिलो पटक सञ्चालनमा आएको क्लिनिकमा छाला सम्बन्धी सम्पूर्ण रोगको परामर्श, उपचार, नङ, कपाल सम्बन्धिका रोग, छालाको बायोप्सी, एलर्जीको जाँच, गाँठागुठी मुसाको उपचार हुने डा.सिल्भियापियाले जानकारी दिए ।

उनका अनुसार कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको समाधान, पीआरपी थेरापी र दाह्री प्रत्यारोपण पनि विराटनगरमा नै हुनेछ । क्लिनिकमा दाग हटाउने, डन्डीफोर तथा डन्डीफोरको दागको उपचार र हाइड्रो फेसियलद्धारा अनुहारको चमक बढाउने उपचार हुने क्लिनिकका डा. तपन प्रधानले बताए ।

क्लिनिकमा आँखाको वरिपरि देखिने कालोपन, चाउरी पन, आँखाको प्लाष्टिक सर्जरी र कान बेरिएको दागरहित उपचार हुने डा.दिलिप चौधरीले जानकारी दिए । छाला, कपाल तथा नंग सम्बन्धि उच्चस्तरीय तथा सुलभ सेवा प्रदान गर्दै आएको भेनस स्किन एण्ड हेयर प्रत्यारोपण क्लिनिकले यतिबेला प्रदेश १ मा खाती कमाइ रहेको छ ।

 

Loading...