fbpx

महराविरुद्ध पर्याे उजुरी

काठमाडौं १८ असोज । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका सभामुख कृष्णबहादुर महराविरुद्ध महिलाले उजुरी दिएकी छिन् । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिलाले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । उजुरी पछि अब भने महरालाई पक्राउ गर्न प्रहरीलाई सहज भएको छ । काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको पुष्टि गर्दै भोली (आइतबार)बाट अनुसन्धान सुरु गर्ने जानकारी दिए ।

यसअघि १३ असोजमा ती महिलाले आफूमाथि हिंसा भएको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । आइतबार राति पानै ९ बजे सुविधानगरमा भएको भनिएको घटनापछि उनले प्रहरीलाई खबर गरेपछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन् । श्रीमान्सँग छलफलपछि गरी उजुरी दिने बताए पनि उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् । पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै महरा निर्दोष रहेको भन्दै निवेदन समेत दिएकी थिइन् ।

प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको छ । पीडित महिलाले जाहेरी दिएसँगै अनुसन्धान अघि बढाउन प्रहरीलाई सहज भएको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले अहिले विस्तृत अनुसन्धान गरिरहेको बताए ।
कल डिटेल रेकर्ड सीसी टीभी फुटेज र अन्य प्राविधि पक्षको विश्लेषणले महरा घटनास्थलमा पुगेको पुष्टि भइसकेको प्रहरीले जनाएको छ ।

Loading...