fbpx

गोहीको आक्रमणमा परि एक किशोरको मृत्यु

सप्तरी १८ असोज । सप्तरीको सप्तकोशी नगरपालिका–९ मा गोहीको आक्रमण गर्दा एक जना किशोरको मृत्यु भएको छ ।

गोठालो गएको समयमा गोहीले आक्रमण गरेपछि कमलपुरका १४ वर्षीय रुपेशकुमार यादवको मृत्यु भएको हो । गाहीले तानेर बेपत्ता भएका यादवको शनिबार शव फेला परेको हो । बुधबार गोठालो गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा लगेर बेपत्ता बनाएको थियो ।

घर नजिकैको पोखरीमा आहाल बसेको भैँसी निकाल्न जाने क्रममा गोहीले उनलाई आक्रमण गरेको प्रहरी चौकी फत्तेपुरले जनाएको छ ।

Loading...