fbpx

टेस्ट क्रिकेटमा रोहितको रेकर्ड

विराटनगर १८ असोज । भारतीय क्रिकेटर रोहित शर्मा टेस्ट म्याचमा धेरै छक्का रन लिने क्रिकेटर बनेका छन् । उनले १९९६ मा वसीम अकरमले बनाएको १२ छक्काको रेकर्ड तोड्दै १३ छक्का हानेका छन् । उनले पहिलो पारिमा ६ छक्का हानेका थिए भने दोश्रो पारिमा ७ छक्का हाने ।

यस्तै दुई पारिमा नै सतक जोड्न समेत सफल भएका छन् । भारतकै विसखापट्टनम टेष्टमा उनले दक्षिण अफ्रिकासँगको सिरिजमा यो सफलता पाएका हुन् । १२ वटा छक्का एकै टेस्टमा जोडेर रेकर्ड बनाउने खेलाडी वसीम अकरम पाकिस्तानी खेलाडी हुन् । रोहीतले रेकर्ड तोडेपनि टेस्ट क्रिकेट भने अझै जारी छ ।

Loading...