fbpx

सेल्फी खिच्दा नदीमा बगेर बेपत्ता

धनकुटा १८ असोज । धनकुटाको तमोर नदीमा सेल्फी खिच्ने क्रममा एक युवती बेपत्ता भएकी छिन् ।

धनकुटा नगरपालिका वडा नम्बर ९ मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएकी छिन् । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ मा रहेको तर परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएका छन् । स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।

Loading...