fbpx

स्यालको टोकाइबाट छ घाइते

सप्तरी १८ असोज । सप्तरीको लालपुरमा बहुला स्यालको टोकाइबाट ६ जना घाइते भएका छन् । सप्तरीको खडक नगरपालिका–११ लालपुरमा शुक्रबार राति गाउँ पसेको बहुला स्यालले टोक्दा स्थानीय ४० वर्षीया गुलावीदेवी रौनियार, २५ वर्षिया अमेरिकादेवी साह, ओमप्रकाश साह र आठ वर्षीय छोरा गोविन्द साहलगायत अन्य दुई गरी छ घाइते भएको स्थानीय वीरेन्द्र साहले बताए ।

घाइते अन्यको नाम खुल्न नसकेको भन्दै उनले स्यालको टोकाइबाट घाइते भएका उनीहरुको कल्याणपुरस्थित एडभान्स अस्पतालमा उपचार भइरहेको बताए । यता, आक्रमण गर्ने बहुला स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

Loading...