fbpx

प्रदेश १ मा फुलपातीको हर्षबढाई सम्पन्न (फोटोफिचर)

विराटनगर, ३ असोज ।  प्रदेश १ सरकारको उपस्तिीमा मोरंगको रंगेलीमा दसैको फुलपाती भित्र्याइएको छ। रंगेली नगरपालीका ७ मा रहेको संसारी मन्दिरमा प्रदेश प्रमुख डा गोबिन्दबहादुर तुम्वाहांगको सहभागीतामा हर्षबढाइ सहित फुलपाती भित्र्याइएको हो ।

फुलपाती भित्र्याउने कार्यक्रममा प्रदेश सरकारकातर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरे, संघिय सांसद शिव कुमार मण्डल, प्रदेश सांसदहरु ज्ञानेश्वर राजवंशी, लिला बल्लभ अधिकारी, रंगेली नगरपालीका मेयर दिलिप बगड़िया, राजनीतिक दलका नेता, प्रहरी तथा सेनाका अधिकारीहरु तथा सर्वसाधारण जनताको उल्लेख्य उपस्थिती रहेको थियो।

तस्बिर: सुरज ढुंगाना / कोशी अनलाइन 

 

Loading...