fbpx

विष्फोटक पदार्थ सहित बिप्लव समुहका कार्यकर्ता पक्राउ

विराटनगर, १८ असोज । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । प्रतिबन्धित विप्लव समुहका मोरङ सेक्रेटरी कुमार खतिवडा र बालकुमार डाँगीलाई पक्राउ गरेको प्रहरीले अनुसन्धान गर्ने क्रममा ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको हो ।

प्रहरीले विप्लव समुहले मोरङको बुढीगंगा गाउँपालिका– ७ धरहराका रत्नकुमार डागीको केराबारीमा लुकाएर राखेको अवस्थामा ४३ थान विष्फोटक पदार्थ जिलेटिन बरामद गरेको हो ।

मोरङका विभिन्न स्थानमा भएका विष्फोटको घटनामा संलग्न भएको आरोपमा गत असोज ९ गते विप्लव समुहका युवा संगठन सदस्य विपिज भनिने रामु मग्रातीलाई पक्राउ परेका थिए । मग्रातीमाथि अनुसन्धान गर्ने क्रममा विष्फोटक पदार्थ भित्रिएको खुलेको थियो । मग्रातीले जिल्ला सेक्रेटरी खतिवडालाई विष्फोटक पदार्थ राख्न दिएको बताएपछि प्रहरीले असोज १७ गते खतिवडालाई पकाउ गरेको थियो ।

अनुसन्धानका क्रममा कुमारले पनि बालकुमार डाँगीलाई विष्फोट पदार्थ लुकाएर राख्न दिएको बताएपछि प्रहरीले डागीका खोजी गरेको थियो । डागी माथि सोधपुछ गर्दा उनले दाजु रत्मकुमार डागीको केराबारीमा लुकाएको बयान दिएका थिए ।

केराबारीमा खोज्ने क्रममा तीन फिट गहिरो खाल्डो बनाएर लुकाएको अवस्थामा जिलेटिन बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । प्रहरीले विष्फोट गराउनकालागि प्रयोग हुने अटोमेटिक रिमोट, तार डेटोनेटर लगायतका सामाग्रि बरामद गरेको छ ।

कुमारको डेरामा विप्लवको कार्यालय

प्रहरीले विल्लव समुहका मोरङ सेक्रेटरीको डेराबाट महत्वपूर्ण कागजात र पार्टीको आन्तरिक परिपत्र बरामाद गरेको छ । बुढीगंगा गाउँपालिका ३ बस्ने खतिवडा मोरङको सुन्दर हरैचा नगरपालिकाका राजेन्द्र लिम्बुको डरमा डेरा लिएर बस्दै आएका थिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार खतिवडाको डेराबाट नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद, पार्टीलाई आर्थिक सहयोगकालागि लेखिएको पत्र एक बण्डल, टेलिफोन डायरी, पार्टीको नामको स्टयाम, सहयोगकालागि लेखिएको चिठी पनि भेटिएको छ ।

अझै मिसिङ छ जिलेटिन्

प्रदेश एक का प्रहरी प्रमख डिआजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार विप्लव समुहले भित्र्याएको विष्फोट पदार्थ मध्ये झापा र मोरङमा गरी ७५ प्रतिशत प्रहरीले नियन्त्रणमा लिएको छ । उनले झापा र मोरङमा एउटै पद्धतीमा विष्फोटक पदार्थ लुकाइएको अवस्था भेटिएको बताए ।

विप्लव समुहले भित्र्याएको विष्फाट पदार्थ मध्ये केही विष्फोटमा घटनाहरुमा प्रयोग भएको बताउँदै उनले ७५ प्रतिशत बिष्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिन सफल भएको दाबि गरे ।

प्रहरीले झापाको अर्जुनधारा– १ मा खाल्डो खनेर लुकाएको अवस्थामा करिब २५ किलो विष्फोटक पदार्थ बरामद गरेको थियो । डिआइजी ज्ञवालीका अनुसार विप्लव समुहले चन्दा माग्ने र नदिएको अवस्थामा विष्फोटका घटना घटाउने गरेको छन् । चन्दा मागेको सूचना प्रहरीले पाए पक्राउ गरी कारवाही गरिने बताए ।

Loading...