fbpx

प्रदेश १ मा भित्र्याइयो रंगेलीको संसारीमाई स्थानको फुलपाती

यज्ञ अधिकारी
रंगेली १८ भदौ । प्रदेश १ सरकारको उपस्तिीमा मोरंगको रंगेलीमा दसैको फुलपाती भित्र्याइएको छ। रंगेली नगरपालीका ७ मा रहेको संसारी मन्दिरमा प्रदेश प्रमुख डा गोबिन्दबहादुर तुम्वाहांगको सहभागीतामा हर्ष बढाइ सहित फुलपाती भित्र्याइएको हो ।

फुलपाति भित्राउने पुजामा प्रदेश १ का प्रदेश प्रमुख डा गोविन्द तुम्बहाम्फेले गरेका थिए । त्यसैगरी पुजामा प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरे पनि सहभागि भएका थिए । फुलपाति भित्राउने भएको हर्ष बढाई कार्यक्रममा नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीका साथै विभिन्न झाकी तथा सर्वसाधारणको उपस्थितमा भएको थियो ।

संसारि माइ मन्दिरबाट फुलपाति लिन निस्किएको प्रदेश प्रमुख,सामजिक विकास मन्त्रि नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी,सर्वसाधारण,विभिन्न झाकी पैदल निस्किएको थियो । त्यसरी निस्केको यात्रा रंगेली नगरपालीका परिसरमा झण्डोत्तलन गरेर थियो । यात्रामा रंगेली नगरपालीकामा पनि सामेल भएको थियो ।

जोडा बेल टिपेर इलाका प्रहरी कर्यालय रंगेलीमा रहेको काली मन्दिरमा पुगेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीबाट कालि मन्दिरमा पुगेर त्यहा पुजा गरिएको थियो । सो क्रममा सेना,प्रहरीले सलामी समेत दिएका थिए । त्यसैगरी काली मन्दिरमा कालो बोकाको बलि समेत दिएको थियो । त्यस पछि रंगली कै दुर्गा मन्दिर हुदै फलपाति सहित संसार मन्दिरमा पुगेर फल पाति भित्राइएको थियो ।

फुलपाति भित्र्याउने कार्यक्रममा प्रदेश १ प्रहरी प्रमुख डिआइजि, संघिय सांसद शिवकुमार मण्डल,मोरङ प्रहरी प्रमुख , प्रदेश सांसदहरु, नेकपा केन्द्रिय सदस्य महेश रेग्मी, रंगेली नगरपालीका प्रमुख दिलिप बगडीया लगायतको सहभागिता रहेको थियो ।

Loading...