fbpx

ला लिगा : ग्रानडासँग खेल्दै रियल मड्रिड, अन्य तीन खेल पनि आजै

विराटनगर, १८ असोज । स्पेनिस ला लिगामा रियल मड्रिडले आज आफ्नो आठौं खेल खेल्दैछ । नेपाली समयअनुसार राति ७ः४५ बजेबाट हुने उक्त खेलमा रियलले ग्रानडाविरुद्ध खेल्न लागेको हो ।

रियलको आफ्नै मैदानमा हुने उक्त खेलमा ऊ आफ्नो शीर्ष स्थान कायमै राख्ने दाउमा छ । जारी लिगमा रियल पहिलो स्थानमा छ । ४ खेलमा जित र ३ खेलमा बराबरी खेलेको रियलसँग १५ अंक छ । यता, रियलको प्रतिद्वन्द्वी ग्रानडा भने अंक तालिकाको दोस्रो स्थानमा छ । उसँग १४ अंक छ ।

आज रियलका लागि स्टार गोलकिपर थिबाओ कोर्टुआ टोलीमा परेका छैनन् । सन्चो नभएका कारण उनलाई रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्रानडाविरुद्धको टोलीमा नराखेका हुन् । बेल्जियन गोलकिपर कोर्टुआले च्याम्पियन्स लिगअन्तर्गत क्लब बर्गविरुद्धको खेलमा असन्चो भएपछि मैदान छोडेका थिए । असन्चो भएका कारण कोर्टुआले पहिलो हाफपछि ड्रेसिङ रुममा वान्ता गरेका थिए ।

ग्रानडाविरुद्धको खेलमा उनको सट्टामा एरोलाले पहिलो रोजाइको गोलकिपरको भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । यसबाहेक रियलका प्रारम्भिक टोलीमा अल्ट्यूब र बेल्मानलाई पनि राखिएको छ । यस्तै अर्का स्टार मार्सेलो पनि टोलीमा छैनन् । उनी खुट्टाको चोटका कारण टोलीबाहिर परेका हुन् ।

sdf

आज हुने अन्य खेलहरूः

  1. लेगानेस भर्सेस लेभान्टे – अपराह्न ४ः४५ बजे
  2. भ्यालेन्सिया भर्सेस अलाभेस – राति १०ः१५ बजे
  3. ओसासुना भर्सेस भिल्लारियल – राति १२ः४५ बजे
Loading...