fbpx

प्रिमियर लिग : आज हुँदैछन् यी ६ खेल, लिभरपुल र टोटनह्याम पनि प्रतिस्पर्धामा

विराटनगर, १८ असोज । इंग्लिस प्रिमियर लिगमा शनिबार ६ खेल हुँदैछन् । जारी लिगको आठौं साताका खेलअन्तर्गत आज १२ टोली प्रतिस्पर्धामा छन् ।

आजको खेलमा साबिकको उपविजेता लिभरपुलका साथै टोटनह्याम हटस्पर र ब्राइटनजस्ता टोलीले खेल्नेछन् । आजको पहिलो खेलमा टोटनह्यामले ब्राइटनसँग उसैको मैदानमा खेल्दैछ । यो खेल नेपाली समयअनुसार साँझ ५ः१५ बजेबाट सुरु हुनेछ ।

यस्तै आजको दोस्रो खेलमा नवप्रवेशी क्लबद्वय नर्विच सिटी र एस्टोन भिल्लाले खेल्नेछन् । यो खेल भने राति ७ः४५ बजेबाट सुरु हुनेछ । यस्तै सोही समय अन्य तीन खेल हुँदैछन् । राति ७ः४५ बजे वाटफोर्ड र शेफ युनाइटेडले खेल्नेछन् भने सोही समय हुने अर्को खेलमा बर्नेली र इभर्टनले खेल्नेछन् ।

यस्तै राति ७ः४५ बजे नै हुने अर्को खेलमा लिभरपुल र लेइस्टर सिटीले खेल्नेछन् । लिभरपुलको मैदानमा यो खेल हुनेछ । यसैगरी राति १०ः१५ बजेबाट हुने अर्को खेलमा वेस्ट ह्याम र क्रिष्टल प्यालेसले खेल्नेछन् ।

Loading...