fbpx

कोर्टुआ रियल मड्रिडको टोली बाहिर !

एजेन्सी, १८ असोज । स्पेनिस क्लब रियल मड्रिडका गोल किपर थिबाओ कोर्टुआ ला लिगाअन्तर्गत ग्रानडाविरुद्धको खेलमा टोलीबाहिर परेका छन् । सन्चो नभएका कारण उनलाई रियलका प्रशिक्षक जिनेदिन जिदानले ग्रानडाविरुद्धको टोलीमा नराखेका हुन् ।

बेल्जियन गोलकिपर कोर्टुआले च्याम्पियन्स लिगअन्तर्गत क्लब बर्गविरुद्धको खेलमा असन्चो भएपछि मैदान छोडेका थिए । उक्त खेलमा रियल २–२ गोलको बराबरीमा रोकिएको थियो । उक्त खेलको पहिलो हाफमा नै सब्स्टिच्यूट भएका थिए । उनको स्थानमा अल्फोन्से एरोलाले मैदान प्रवेश गरेका थिए ।

असन्चो भएका कारण कोर्टुआले पहिलो हाफपछि ड्रेसिङ रुममा वान्ता गरेका थिए । र, उनलाई सन्चो नभएको र उनले निरन्तरता दिन नसक्ने भन्दै जिदानले उनलाई टोलीबाहिर राखेका हुन् । ग्रानडाविरुद्धको खेलमा उनको सट्टामा एरोलाले पहिलो रोजाइको गोलकिपरको भूमिका निर्वाह गर्न सक्ने जनाइएको छ । यसबाहके रियलका प्रारम्भिक टोलीमा अल्ट्यूब र बेल्मानलाई पाि राखिएको छ ।

रियलले ग्रानडाविरुद्ध आज खेल्दैछ । आफ्नै मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ७ः४५ बजेबाट हुनेछ । जारी लिगमा रियल पहिलो स्थानमा छ भने ग्रानडा दोस्रो स्थानमा छ ।

Loading...