fbpx

घर बनाउने क्रममा एकजनाको मृत्यू

विराटनगर, १७ असाज । घर बनाउने क्रममा लडेर गम्भिर घाइते एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार मोरङको सुन्दरहरैचा– २ का अन्दाजी ६० वर्षिय बुधलाल खवास सुन्दरहरैचा– ७ गोठगाँउ स्थित सरिता लुईटेलको पक्की घर बनाउने क्रममा २ तला माथीबाट लडेर घाइते भएका थिए ।

घाइते खवासको उपचारकालागि बिराट नर्सिङहोम बिराटनगरमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...