fbpx

माेरङकाे पथरीमा हात्तीका कारणा दुई घरमा क्षति

विराटनगर, १७ असोज । जंगली हात्तीले मोरङको पथरी शनिश्चरेमा दुईवटा घरमा क्षति पूर्याएका छन् । बिहीबार मोरङ पथरीशनिश्चेरे नगरपालिका २ का हस्तबहादुर दर्जीको र पथरी शनिश्चरे ३ का ताराबहादुर सिजाली मगरको घरमा क्षती पूर्याएका हुन् ।

दर्जीको घरमा राखेको तिन बोरा धानको भुस र मगरको फुस्को छाना टाटीको बेरा भएको भान्सा घरको टाटी भत्काएर सय किलो चामल खाएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पथरीले स्थानीयबासीको सहयोगमा हात्तीलाई जंगल तर्फ लखेटेका थिए ।

Loading...