fbpx

एक लाइन सुसाइड नोट लेखेर आत्महत्या !

विराटनगर, १७ असोज । प्रदेश १ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत एक कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । बुधबार साँझ सुनसरी इनरुवा स्थायी घर भएका अन्दाजी ४० वर्षीय राजेशकुमार साहले आत्महत्या गरेका हुन् ।

उनले आत्महत्याको कारण आफ्ना दुई साथीलाई दिएका छन् । नापी सर्भेयर पदमा कार्यरत शाहले इनरुवामा साझेदारीमा प्लाइउड फ्याक्ट्री चलाइरहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार सुसाइड नोटमा नजिकका साथीका कारण आत्महत्या गरेको उल्लेख भएको बताए ।

‘उहाँको सुसाइड नोट भेटिएको छ’ शर्माले भने, ‘मोटरसाइकलमा भेटिएको सुसाइड नोटमा दुईजना सहयोगी साथीका कारण आत्महत्या गरेको लेखिएको छ ।’ प्रहरीले उनका साझेदारको नाम भने सार्वजनिक गरेको छैन । उल्लेख व्यावसायमा खटपट आएकोले शाहले आत्महत्या गरको हुनसक्ने प्रहरीको प्रारम्भिक शंका छ ।

मृतकका आफन्तले प्रहरीमा जाहेरी दिएका छैनन् । बुधबार साँझ कोशी ब्यारेज पुलमा को २२ प ६९६५ नम्बरको मोटरसाइकमा परिचय पत्र र सुसाइड नोट छोडेर शाहले आत्महत्या गरेका थिए । आफन्तले साहको शव बुझेर बिहीबार नै दाहसंस्कार गरेका छन् ।

Loading...