fbpx

विराटनगरका शक्ति पीठमा दसैंको चहलपहल (फोटो फिचर)

विराटनगर,१८ असोज । दसैं सुरु भएसँगै विराटनगरका शक्ति पीठहरुमा भक्तजनको चहलपहल बढेको छ । दसैं सुरु भएपछि विराटनगरका मन्दिरहरुमा चहलपहल बढेको हो ।

दसैंको घटस्थापनादेखि नवमीसम्म एकाबिहानै शक्ति पीठहरुमा पुगेर पूजा आराधना गर्न भक्तजनहरुको भिड लाग्ने गरेको छ ।

पूजाका लागि विराटनगरको काली मन्दिर, दुर्गा मन्दिर, सन्सारी माइस्थान, विराटनगर रानीको दुर्गा मन्दिर, ठूलो मील चौकलगायत स्थानमा रहेका शक्ति पीठहरुमा सर्वसाधरण पुग्ने गरेका छन् । दसैंको पूजाको लागि विराटनगरको ट्राफिक चोक, पिचरा, मेनरोडलगायतका स्थानमा मूर्ति स्थापना गरिएको छ ।

तस्बीरहरु– सुरज ढुगांना / काेशी अनलाइन

Loading...