fbpx

अब एकल पुरुषले पनि मासिक भत्ता पाउने

सिन्धुपाल्चोक, १७ असोज । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई मासिक भत्ता दिने भएका छन् । उक्त गाउँपालिकाले मासिक रु ५०० का दरले भत्ता दिने भएको हो ।

गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार गाउँपालिकाभित्र करिब ३५० एकल पुरुष भएको अनुमान गरिएको हँुदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको छ ।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ । रासस

Loading...