fbpx

काठमाडौंका मेयर शाक्यलाई डेंगु

काठमाडौं, १७ असोज । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेंगु लागेको छ । स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उनमा डेंगु संक्रमण रहेको पुष्टि भएको छ ।

aa

डेंगु भएको पुष्टि भएपछि उनलाई त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा भर्ना गरिएको छ । सुनसरीको धरानदेखि फैलिएको डेंगुको प्रकोप काठमाडौलगायत देशका धेरै ठाउँमा फैलिएको छ । डेंगुका कारण यो वर्ष ७ जनाको ज्यान गएको छ भने सयौँ प्रभावित छन् ।

Loading...