fbpx

सन्दीप लामिछाने ‘द हन्ड्रेड’ क्रिकेटको ड्राफ्टमा

विराटनगर, १७ असोज । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ को ड्राफ्टमा नेपाली क्रिकेटर सन्दीप लामिछाने पनि परेका छन् । द हन्ड्रेडले हालै सार्वजनिक गरेको ड्राफ्टमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप अटाएका हुन् ।

विश्वका थुप्रै लिगमा आफ्नो अनुभव संगालिसकेका सन्दीपल द हन्ड्रेडको ड्राफ्टमा अटाउने एक्लो नेपाली खेलाडी हुन् । उक्त ड्राफ्टमा सन्दीपको न्यूनतम मूल्य १ लाख पाउण्ड छ । जसमा उनी विदेशी कोटामा परेका हुन् ।

आयोजकले विदेशी कोटाका खेलाडीको न्युनतम मूल्य १ लाख २५ हजार पाउण्ड र १ लाख पाउण्ड राखेको छ । जसअन्तर्गत १ लाख पाउण्डको ड्राफ्टमा सन्दीप अटाएका हुन् । सन्दीपसँगै उक्त ड्राफ्टमा राशिद खान, ग्लेन म्याक्सवेल, शाकिब अल हसन, आन्द्रे रसेल, हरभजन सिंहलगायत छन् ।

यस्तै १ लाख २५ हजार न्युनतम मूल्य भएको खेलाडीको ड्राफ्टमा भने डेविड वार्नर, स्टिभ स्मिथ, मिचल स्टार्क, क्रिस गेल, क्विन्टन डी कक, लुंगी नेग्दी, कागीसो राबाडा र लासिथ मालिंगा छन् । ८ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा आठै टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

Loading...