fbpx

‘लक्ष्मी बम्ब’मा अक्षयले लाए रातो साडी, सिन्दूर र चुरा

विराटनगर, १७ असोज । बलिउडका चर्चित अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा अक्षय माता दुर्गाको प्रतिमाको अगाडि रातो साडी लगाएर उभिएका छन् । उनले सिउँदोमा रातो सिन्दूर र हातमा रातो चुरा पनि लगाएको देख्न सकिन्छ ।

asg

अक्षयले नवरात्रिको अवसरमा म आफ्नो फिल्ममा आफ्नो लक्षमीको लुक सेयर गर्दैछु र म यो फिल्मलाई लिएर निकै उत्साहित छु भनेर फिल्मको पोस्टर सेयर गरेका हुन् । फिल्मलाई लिएर आफू नर्भस पनि रहेको बताउँदै जिन्दगी तब सुरु हुन्छ जब हामी आफ्नो कन्फर्ट जोनबाट बाहिर निस्कन्छौं, भनेर लेखेका छन् ।

‘लक्ष्मी बम्ब’ मा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी रहेकी छिन् भने अभिनेता अमिताभ बच्चन फिल्ममा ट्रान्सजेन्डर भूतको भूमिका निभाउँदै छन् । फिल्म यी तिन कलाकारका अलवा तुषार कपूर, शोभिता धुलिपाला र आर माधवनको पनि अभिनय रहेको छ । फिल्म तमिलको सुपरहिट हरर कमेडी फिल्म ‘कञ्चना’ को हिन्दी रिमेक हो ।

यो फिल्मको निर्देशन राघव लारेन्सले गरेका हुन् । कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ । तमिल फिल्ममा कञ्चनाको रोल आर शरद कुमारले निभाएका थिए । फिल्म सन् २०२० को इदमा रिलिज पक्का भएको । यो दिन बलिउड सुपरस्टार सलमान खानको फिल्म पनि रिलिज हुनेछ ।

Loading...