fbpx

मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

झापा १७ असोज । झापामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । झापाको कन्काई नगरपालिका १ जामुनखाडी चोकमा भएको मोटरसाईकल दुर्घटनामा परी सुनसरीको धरान १३ का अजिव राईको मृत्यु भएको हो ।

बिहीवार बेलुका पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३४ प ७९०४ नम्बरको मोटरसाईकल र को ३३ प १०५० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा ७९०४ नम्बरका मोटरसाईकल चालक अजिव राईको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै पछाडी सवार रहेका २२ वर्षीय सबिन राई तथा १०५० नम्बरका मोटरसाईकल चालक विराटनगर ७ का ४५ बर्षीय डम्बर बहादुर खड्का घाईते भएका छन् ।

दुर्घटनामा परि घाइते भएका तीनै जनालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घाईते २ जनाको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

Loading...