fbpx

त्रिकोणात्मक टी २० सिरिजको उपाधिजिम्बावेले जित्यो, नेपाल उपविजेता

काठमाडौं १७ असोज । सिंगापुरमा सम्पन्न त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । नेपाल सिरिजको उपविजेता भयो । बिहीबार भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बाब्वेले सिरिज जितेको हो ।

इन्डियन एसोसियशनको मैदानमा सम्पन्न सिरिजमा जिम्बाब्वेले ४ खेलमा ६ अंक जोडेर शीर्ष स्थान कायम गरी सिरिज जितेको हो । सिरिजमा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो । आयोजक सिंगापुर ३ अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

नेपाल जिम्बाब्वेसँगको दुवै खेलमा पराजित भएको थियो भने सिंगापुरलाई एक खेलमा हराएको थियो । नेपालको सिंगापुरसँगको अर्काे खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

Loading...