fbpx

पत्रपत्रिकामा देश : नयाँ मोडमा महरा प्रकरण

विराटनगर १७ असोज । निर्वतमान सभामुख कृष्णबहादुर महराले आफूमाथि यौनदराचार गरेको आरोप लगाएकी रोशनी शाहीद्वारा पति चित्रजंग शाहीसँग समेत सम्बन्ध विच्छेद गर्ने घोषणा गरेकी छिन् ।

पति चित्रजंगसँग सम्बन्धविच्छेदको प्रकृया अघि बढाउने घोषाणसँगै महरा प्रकरणले नयाँ मोड लिएको नागरिक दैनिकमा खबर छ । प्रहरीले सो घटनामा अनुसन्धान प्रकृयामा नल्याउदै पिडित भनिएकी रोशनीले प्रहरी कार्यालयमा पुगेर आफूमाथि दुर्व्यवहार नभएको जानकारी गराएकी थिइन् । लगत्तै उनले पतिसँग पनि सम्बन्ध विच्छेद गर्ने घोषणा गरेपनि कानूनी प्रकृया भने सुरु भएको छैन् । प्रहरीले रोशनीले आफू डिप्रेसनको बिरामी भएको भन्दै आवेशमा आएर महरामाथि दुर्व्यवहारको आरोप लगाएको तर महराले केही पनि नगरेको बताएपछि प्रहरीले सबुद प्रमाण संकलन गरेपनि अनुसन्धान भने सुरु गरेको छैन् । पिडितले उजुरी नदिएपछि अनुसन्धानमा अफ्ट्यारो भएको प्रहरीले जनाएको छ ।

रोशनीको अन्तर्वार्ता तथा त्यससम्बन्धि समाचार छापेका सञ्चारकर्मी अजयबाबु सिवाकोटीले असुरक्षाको महसुस भएपछि सुरक्षा सतर्कताको लागि प्रहरीलाई जानकारी गराएका छन् । उनीमाथि गम्भिर धम्की आएको समाचारमा उल्लेख छ ।
कान्तिपुर दैनिकले रोशनीले नबताएको कथा शिर्षकमा मुख्य खबर छापेको छ । रोशनीलाई अमेरिकमा भएका छोराछोरीले फोन गरेका छैनन् । प्रहरीमा उजुरीका लागि जाऊँला भनेर कुरेकी उनलाई श्रीमानले समेत नपत्याएको र तनहुँमा रहेका उनका श्रीमान फर्किएर सिधै महरासँग गएर सरसल्लाह गरेर कुरा मिलाएको कान्तिपुर दैनिकले लेखेको छ । श्रीमानले उल्टै कुरा किन बाहिर ल्याइस भनेर झपारेका छन् । कान्तिपुर दैनिकमा प्रहरीले फरेन्सिक जाँचको तयार गरेको र आवश्यक परे शाही र महरा दुवैसँग बयान लिन सक्ने प्रहरीको भनाई रहेको छ ।

अन्नपूर्ण पोष्टमा नेपाल झुक्दैन शिर्षकमा छापिएको समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणका विषयमा दिएको प्रतिकृया छापेको छ । ओलीले कोहीसँग नझुक्ने र नढल्किने बताएका हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल हुने समेत उनले बताए ।

दशैं लगत्तै चिनियाँ राष्ट्रपति सीको स्वागतको तयारी भइरहेको छ । उनको स्वागतका लागि सरकारले तयारी तिव्र पारेको नयाँ पत्रिकामा समाचार छ । सरकारी निकायले गोप्य रुपमा यसको तयारी गरिरहेका छन् । सीलाई तीन तहको सुरक्षा घेरा हुने र सुरक्षाको जिम्मेबारी नेपाली सेनाले लिने समेत नयाँ पत्रिकामा छ ।

Loading...