fbpx

पत्रपत्रिकामा प्रदेश : सामुहिक बलात्कारमा परेपछि संगिनी सुर्ई

विराटनगर १७ असोज । सुस्त मनस्थिति भएकी एक ३२ वर्षीया यूवतीको परिवारले नै पटक पटक बलात्कारमा परेपछि संगिनी सुई लगाइदिने गरेको समाचार कान्तिपुरमा छापिएको छ । कमजोर अवस्थाका परिवारले केही गर्न नसक्ने भएपछि यस्तो गरेका हुन् । सुनसरीको धरानकी ती २२ वर्षीया युवती पछिल्लो पटक दुई दिन अघि बलत्कृत भइन् ।

पिडित युवती सुस्त मनस्थितिकी भएकीले पटक पटक बलात्कारमा परिरहन्छिन् । गत सोमबार साँझ धरानबाट विराटनगरको लागि छुटेको को १ ख ४६२७ नम्बरको खाम्दाके यातायातमा इटहरीसम्मको लागि आएकी थिइन् । उनलाई बेलाबारी जानु पर्ने भएपछि अर्काे गाडी चढाइदिने भन्दै ल्याएपनि बसका स्टाफले अर्काे बसमा चढाउनुको साटो इटहरी १० स्थित साथी पेट्रोल पम्प नजिकै सामूहिक बलात्कार गरे । घटनाबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि तत्काल घटनामा संलग्न ६ जना पक्राउ परे ।

मोरङको सुन्दर हरैचाका विकास कसाई, झापा सुरुंगाका सुरज थापा, सिरहा लहान ४ का सुरेन्द्र भुजेल, बेलबारी ७ का आशिष कार्की, र नितेश घिमिरे रहेका छन् । ती युवतीका दाजु भाउजू कामका लागि धरान बाहिर बस्ने र आमा नीजि विद्यालयमा काम गर्ने भएपछि रेखदेख गर्ने कोही नहुँदा जथाभाबी हिड्ने गर्छिन् । सोही कारण उनी पटक पटक बलात्कारको सिकार हुने गरेपछि परिवारले नै संगिनी सुई लगाइदिने गरेको छ ।

पूर्वी पहाडी जिल्ला पाँचथरमा लागुऔषधका प्रयोगकर्ता बढ्दो शिर्षकमा नागरिक पूर्वेलीमा खबर छ । एक महिनाको अवधिमा प्रहरीले सदरमुकाम फिदिमबाट लागुपदार्थ सहित १० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सबै ३० वर्ष मुनिका छन् । लागु औषधको कुलतमा कलिलो उमेरदेखि नै फस्नेहरुको संख्या बढ्न थालेको हो । लागु औषध प्रयोगकर्ता बढेपछि नियन्त्रणको लागि प्रहरीले प्रयास सुरु गरेको छ । पक्राउ परेका लागु औषधका प्रयोगकर्ता मात्र हुन् कि कारोबारी नै हुन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चार अधिवेशनमा ४० कानुन शिर्षकमा उद्घोष दैनिकमा समाचार छ । प्रदेश १ को प्रदेश सभाले ४ वटा अधिवेशन सकिदाँसम्म ४० वटा कानून पास गरेको छ । चाडपर्वको अबसरमा बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभालाई अघि बढाउन सञ्चार क्षेत्रको सहयोग उल्लेख्य रहेको बताए । यही समाचारलाई जनविद्रोह दैनिकले प्रदेशको नाम सहमतिबाटैः सभामुख शिर्षकमा छापेको छ ।

ब्लाष्ट टाइम्समा बलात्कारको घटना भयावह शिर्षकमा उदयपुरमा बलात्कारका घटना बढेको खबर छापेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार तीन वर्षको तथ्यांकमा बलात्कारको घटना भयावह रुपमा बढेको छ । आर्थिक वर्ष २०७३ /०६४ मा १६ वटा, ०७४/ ७५ मा ३१ वटा, ०७५ /७६ मा ३९ वटा बलात्कारको घटना भएको प्रहरीको तथ्यांकमा छ ।

Loading...