fbpx

आर्सनलको शानदार जित

विराटनगर, १७ असोज । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले शानदार जित निकालेको छ । बिहीबार राति भएको खेलमा समूह चरणको दोस्रो खेलमा आर्सनलले स्टान्डर्ड लिइगमाथि ४–० गोलको जित निकालेको हो ।

आर्सनलकै मैदानमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन ग्राबियल मार्टिनेल्लीले २ गोल गरेभने जोइ विललक र डेनी सेबाल्लेसले समान एक–एक गोल गरे । ग्राबियलले खेलको १३ औं मिनेट र १६औं मिनेटमा गोल गरे भने जोइ लकले २२औं मिनेटमा गोल गर्दै आर्सनललाई पहिलो हाफमा ३–० गोलले अग्रता दिलाएका थिए ।

यस्तै खेलको ५७औं मिनेड सेबाल्लेसले गोल गर्दै टोलीलाई शानदार जित दिलाए । यस जितसँगै समूह ‘एफ’को आर्सनलले ६ अंक जोडेको छ । पराजित लिइगे भने सो समूहको दोस्रो स्थानमा छ ।

Loading...