fbpx

युरोपा लिग : म्यानचेष्टर युनाइटेडको निराशाजनक बराबरी

विराटनगर, १७ असोज । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले निराशाजनक बराबरी खेलेको छ । बिहीबार राति भएको खेलमा समूह चरणको दोस्रो खेलमा युनाइटेडले अलकमार जानस्ट्रिकसँग गोलरहित बराबरी खेलेको हो ।

अलकमारको घरेलु मैदानमा भएको उक्त खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरी अंक बाँडे । यस बराबरीसँगै समूह ‘एल’को दोस्रो स्थानमा रहेको युनाइटेडले ४ अंक बनाइएको छ । अलकमार भने २ अंकसहित उक्त समूहको तेस्रो स्थानमा छ ।

Loading...