fbpx

भोजपुरमा १२ जुवाडे पक्राउ

भोजपुर १६ असोज । भोजपुरको षडानन्द नगरपालिका १ मा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट १६ थान कौडा र ३९ हजार रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा २८ वर्षीय घरधनी एकराज कार्की, ५५ वर्षीय सिताराम कार्की, २४ वर्षीय दिपबहादुर खत्री, २५ वर्षीय रविन कार्की र १५ वर्षीय पुजन कार्की रहेका छन् ।

त्यस्तै १९ वर्षीय रिजन कार्की, ५० वर्षीय मानबहादुर लुइँटेल, २३ वर्षीय भिमराज राई, ३३ वर्षीय मोहन राई, २० वर्षीय सुरेन्द्र कार्की, २८ वर्षीय बुद्ध राई र ३५ वर्षीय राजेन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Loading...