fbpx

चिनियाँ लगानीमा दमकमा औद्योगिक पार्क बन्ने

काठमाडौं १६ असोज। चिनियाँ लगानीमा झापाको दमकमा औद्योगिक पार्क निर्माण गर्ने सम्झौता भएको छ । लगानी बोर्ड र चिनियाँ कम्पनी लासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीबीच पार्क निर्माण गर्ने सम्झौता बिहीबार भएको हो ।

औद्योगिक पार्क निर्माणमा ६४ अर्ब रुपैयाँ लाग्ने छ । पार्कको नाम ‘चाईन नेपाल फ्रेण्डसिप इन्डष्ट्रियल पार्क’ राखिएको छ । पार्क निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनकोे काम सुरु भएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको उपस्थितिमा सम्झौता गरिएको हो ।

Loading...