fbpx

ब्राजीलमा राष्ट्रपतिका उम्मेदवारमाथि आक्रमण

ब्राजील १६ असोज । ब्राजील चुनावी र्यालीमा राष्ट्रपति पदका उम्मेदवार जेयर बोलसोनारोमाथि चक्कु प्रहार भएको छ । ब्राजीलको दक्षिण पूर्वी राज्य मिनास गेरिअसमा भएको र्यालीमा भिडबाट निस्किएको एक जनाले जेयर बोलसोनारोको पेटमा छुरा प्रहार गरेको हो ।

आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेयर बोलसोनारोलाई अस्पतालमा भर्ना गरिएको छ । उनलाई शल्यकृया गर्नु परेको चिकित्सकहरुले बताएका छन् । उनको पेटको शल्यकृया गरिएको हो । अस्पतालका कर्मचारीले बोलसोनारो चाडै निको हुने बताएका छन् ।

बोलसोनारो ब्राजीलका विवादित नेता मध्ये पर्छन् । उनले धेरै पटक नस्लभेदी र समलैंगिक विरोधी भाषण गरेका छन् । बोलसोनारोले समलैंगिकतालाई मानसिक बीमारीको संज्ञा दिएका थिए । तर चुनावी सर्वेक्षणहरुमा भने उनी अगाडी देखिएका छन् । चुनावी सर्वेक्षण अनुसार वामपन्थी नेता तथा पूर्व राष्ट्रपति लुइस इनेकियो लुला डा सिल्वा जेलमा नै भए बोलसोनारोलाई धेरै मत आउने सम्भावना छ ।

Loading...